देशभर चिसो अझै बढ्ने, प्रदेश १ लगायत पहाडी भूभागमा वर्षा हुने

नेपालभ्युज

देशभर चिसो अझै बढ्ने, प्रदेश १ लगायत पहाडी भूभागमा वर्षा हुने
सांकेतिक तश्वीर

काठमाडौं । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा आज हल्का वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बाँकी प्रदेशमा भने मौसम सामान्यतया सफा रहने छ।

पछिल्ला केही दिनयता मौसममा भएको बदलीले चिसो बढ्न थालेको छ। आज राति पनि यी प्रदेशहरूमा आंशिक बदली हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमहाशाखाको अनुमान छ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। आज बिहान काठमाडौं उपत्यकाको तामक्रम ६ डिग्री मापन गरिएको थियो भने काठमाडौं उपत्यकाको आकाशमा बादल लागिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved