आज देशका केही भागमा वर्षा र हिमपात हुनसक्ने

आज (बुधबार) देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

नेपालभ्युज

आज देशका केही भागमा वर्षा र हिमपात हुनसक्ने

काठमाडौं। आज (बुधबार) देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ सहित देशका पहाडी भूभागमा सामान्य बदली छ। बाँकी स्थानहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार काठमाडौंमा घाम लाग्ने जनाइएको छ। यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ। यस्तै, प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

यस्तै बिहीबारदेखि न्यून चापीय प्रणालीको प्रभाव केही कम हुनेछ। शुक्रबार देशभर आंशिक बदली रहनेछ। अपराह्न पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा फाटफुट÷हल्का हिमपातको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved