काठमाडौं। कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको भन्दै आज (मंगलबार)बाट विद्यालय बन्द भएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संक्रमण मंगलबारबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
तीव्र रूपमा फैलिएकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई विशेष ध्यान दिँदै देशका सबै आधारभूत तथा माध्यमिक विद्यालय विद्यालय बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयले बिदाको अवधिमा विद्यालयहरूले सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन निर्देशन दिएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वार्षिक बिदामा मिलान हुने गरी दिएको बिदाको अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाउन भनिएको छ। सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोपलगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाइदिनुहुन सबै अभिभावकहरूमा अनुरोध गरिएको छ।
Facebook Comment
Comment