सुशासन र सुखमा नेपाललाई नम्बर वान बनाउँछु : ओली (भिडियो)

नेपालभ्युज

सुशासन र सुखमा नेपाललाई नम्बर वान बनाउँछु : ओली (भिडियो)
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई सुशासन र जनताका सुखमा पनि विश्वको नम्बर एक देश बनाउने दाबी गरेका छन्। देश निर्माणको अभिभाराबाट एमाले नभाग्ने उनले बताए।

‘‘प्राकृतिक रुपमा नेपाल विश्वकै सुन्दर देश हो, एमालेले यसलाई स्वच्छता, सुख र सुशासनमा पनि नम्बर एक बनाउँछ,’ सोमबार एमालेको संखुवासभा जिल्ला अधिवेशन कार्यक्रममा ओलीले भने।

उनले आफुलाई कम्युनिष्ट ठान्ने दलहरू नै प्रतिक्रियावादीको खेमामा पुगेको आरोप लगाए। देशमा परिवर्तन चाहने एमालेमात्रै रहेको उनको दाबी थियो। माओवादी र नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै ओलीले भने,‘‘कम्युनिष्ट पार्टी फुटाएर सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन सबैलाई आग्रह गर्छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved