भारतमा कोरोनाको सुनामी, ८ दिनमै १० हजारबाट दैनिक १ लाखभन्दा बढी संक्रमित

जनवरीको अन्तिम हप्तामै दैनिक संक्रमित १० लाखसम्म पुग्नसक्ने इन्डियन इन्स्टिच्युट अफ साइन्स र इन्डियन स्ट्याटिस्टिकल इन्स्टिच्युटको प्रक्षेपण

नेपालभ्युज

भारतमा कोरोनाको सुनामी, ८ दिनमै १० हजारबाट दैनिक १ लाखभन्दा बढी संक्रमित

एजेन्सीि। भारतमा ७ महिना पहिले ६ जून २०२१ मा एकैदिन १ लाखभन्दा धेरैजनामा कोरोना देखिएको थियो। त्यसपछि आरालो लागेको ग्राफ फेरि बढेको छ।

७ जनवरीमा २०२२ मा एक लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिएको हो। कोरोनाको यो दोस्रो लहरलाई विज्ञहरूले लहर नभएर ‘सुनामी’ भनेका छन्।

दोस्रो लहरमा दैनिक १० हजार हाराहारीबाट दैनिक १ लाखमा संक्रमण फैलन ३३ दिन लागेको थियो। जबकी अहिले ८ दिनमै दैनिक १० हजार हारहारीबाट दैनिक १ लाख संक्रमित पुगेका छन्। त्यस्तै, आर भ्यालु र पोजेटिभिटी रेट पनि कोरोनाको दोस्रो लहरको दाँजोमा धेरै बढी छ।

पहिलो लहरअन्तर्गत २१ मेइ २०२० मा पहिलोपटक दैनिक संक्रमितको संख्या ५ हजार नाघेको थियो। त्यसको १ सय १९ दिनपछि १६ सेप्टेम्बर २०२० मा दैनिक संक्रमितको संख्या पहिलोपटक १ लाख नाघ्यो।
दोस्रो लहरअन्तर्गत १ मार्च २०२१ मा संक्रमितको संख्या १० हजार नाघ्यो। त्यसको ३३ दिनपछि दैनिक संक्रमितको संख्या १ लाख नाघ्यो।

अहिले तेस्रो लहर चलिरहेको छ। डिसेम्बर २०२१ मा संक्रमितको संख्या १० हजार नाघेको थियो। ८ दिनभित्रै यो बढेर ७ जनवरीमा दैनिक संक्रमित संख्या १ लाख नाघेको छ।

आर भ्यालु बढ्यो
आर भ्यालुमार्फत कोरोना संक्रमण फैलने रफ्तार अनुमान गरिन्छ। यदी १ सय व्यक्ति संक्रमित छन् र उनीहरुले थप १ सयलाई संक्रमित बनाउँछन् भने आर भ्यालु १ हुन्छ। दोस्रो लहरको आर भ्यालु १ दशमलव ६९ थियो। संक्रमण उच्च बिन्दूमा पुगेका बेला दैनिक ४ लाखभन्दा धेरै संक्रमित भएका थिए।
अहिले आर भ्यालु २ दशमलव ६९ छ। त्यसैले दैनिक संक्रमित हुनेको संख्या ८ लाख पुग्नसक्ने अनुमान लगाइएको छ। ‘‘तेस्रो लहर मार्चमा उच्च बिन्दुमा पुग्नसक्छ। यस दौरान दैनिक ४ देखि ८ लाखमा संक्रमण देखिनसक्छ,’’आईआईटी कानपूरका प्रोफेसर मणिन्द्र अग्रवालले भने।

इन्डियन इन्स्टिच्युट अफ साइन्स र इन्डियन स्ट्याटिस्टिकल इन्स्टिच्युटले लगाएको पूर्वानुमान यसभन्दा पनि भयानक छ। जनवरीको अन्तिम हप्तामै दैनिक संक्रमित १० लाखसम्म पुग्नसक्ने इन्स्टिच्युटको प्रक्षेपण छ।
भारतमात्रै नभएर पछिल्लो समय विश्वका धेरै देशमा कोरोना संक्रमण रफ्तारमा बढिरहेको छ। पछिल्लो साता इटलीमा १ सय ५० प्रतिशत, फ्रान्समा १ सय १७ प्रतिशत र अमेरिकामा ९२ प्रतिशतले संक्रमित बढेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved