काठमाडौं । कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सडकमा प्रदेश नम्बर ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठको गएराति मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले केन्द्रीय समाचार कक्षले जनाएको छ। घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि सोमबार साँझ साढे ६ बजे काठमाडौं-९ तिलगंगा पिंगलास्थानमा मयुर यातायातको बा५ख १५३८ नम्बरको बसले बागमती प्रदेश ०२-०२१ प १९३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २६ वर्षीया कृतिका मगरको मृत्यु भएको थियो
दोलखा, तामाकोशी गाउँपालिका सिन्ले घर भई काठमाडौंको शान्तिनगरमा डेरा गरी बस्दै आएकी मगर दुर्घटना घाइते भएकी थिइन्। उनलाई शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। उनको उपचार क्रममा त्यहीँ मृत्यु भएको थियो। दुर्घटनाको २४ घण्टापछि चालक नुवाकोट दुप्चेश्वर घर भएका २६ वर्षीय श्रीमान् तामाङलाई पक्राउ गरेको थियो।
Facebook Comment
Comment