मन्त्री आलेको निर्देशनमा रोकियो नारायणहिटीमा रेष्टुरेन्ट निर्माण

मन्त्री आलेको निर्देशन पछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बी म्यानेजमेन्टलाई पत्र लेख्दै जारी निर्माण कार्य रोक्न भनेको छ।

नेपालभ्युज

मन्त्री आलेको निर्देशनमा रोकियो नारायणहिटीमा रेष्टुरेन्ट निर्माण

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण कार्य रोकिएको छ।

बतास अर्गनाइजेसन अन्तर्गत बी म्यानेजमेन्टले दरबार संग्रहालयभित्र बनाइरहेको रेस्टुरेन्टको निर्माण कार्य अब रोकिने भएको हो। विभिन्न मिडियामा समाचार आएपछि उक्त निर्णय भएको हो।

मन्त्री आलेको निर्देशन पछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बी म्यानेजमेन्टलाई पत्र लेख्दै जारी निर्माण कार्य रोक्न भनेको छ।

“…सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको मौखिक आदेश बमोजिम”, पत्रमा लेखिएको छ, “अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved