आजको मौसम: पश्चिमी तथा मध्य तराईमा बाक्लो हुस्सु, अन्यत्र सफा

नेपालभ्युज

आजको मौसम: पश्चिमी तथा मध्य तराईमा बाक्लो हुस्सु, अन्यत्र सफा

काठमाडौं। अहिले देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सुकुहिरो लागेको छ। पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले यस्तो भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्यत्र भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा आँशिक बदली रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम सफा रहे पनि देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही अन्यत्र आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved