सैनिक श्रीमती संघद्वारा राहत वितरण

सैनिक श्रीमती संघद्वारा राहत वितरण
फाइल फोटो।

महोत्तरी। महोत्तरीका अतिविपन्न मुसहर परिवारलाई सैनिक श्रीमती सङ्घले न्यानो कपडासहित राहत वितरण गरेको छ। बर्दिबासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।

मटिहानी नगरपालिका–४ मझौरा मुसहरीटोलका रौदी सादाले सामग्री पाएपछि भन्नुभयो,“ अब यसपालिको जाडोबाट बचिएला। ”

कार्यक्रम साठी मुसहर परिवारलाई ओढ्ने कम्बल र खाद्यान्नसहितको राहत वितरण गरिएको थियो। त्यसैगरी परिकौलीस्थित रणभीम गणले जिल्लाकै सुदूरदक्षिणपश्चिमवर्ति सम्सी गाउँपालिका–५ पोखरभिण्डाको मुसहर बस्तीकी ललिता सादालाई घरमै राहत वितरण गरेको छ।

गणपति प्रमुख सेनानी शिवहरि केसीले उक्त राहत सामग्री हस्तान्तरण गरे। विसं २०६८ को राष्ट्रिय जनगणनाका अनुसार जिल्लामा २३ हजार ३६४ मुसहर रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved