धामीको अध्यक्षतामा वास मिडिया फोरमको बागमती प्रदेश कमिटी गठन

सातवटै प्रदेशमा प्रदेश कमिटी गठन गर्ने फोरमको विधान बमोजिम कृष्ण सिंह धामीको अध्यक्षतामा ११ सदस्यीय बागमती प्रदेश कमिटी गठन भएको हो।

नेपालभ्युज

धामीको अध्यक्षतामा वास मिडिया फोरमको बागमती प्रदेश कमिटी गठन

काठमाडौं। वास मिडिया फोरम नेपालको बागमती प्रदेश कमिटी गठन भएको छ। सातवटै प्रदेशमा प्रदेश कमिटी गठन गर्ने फोरमको विधान बमोजिम कृष्ण सिंह धामीको अध्यक्षतामा ११ सदस्यीय बागमती प्रदेश कमिटी गठन भएको हो।

वास मिडिया फोरम नेपाल, खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संगठन हो।

वास मिडिया फोरम नेपालकी केन्द्रीय अध्यक्ष मनिषा अवस्थी, उपाध्यक्ष नवीन पल्लव र महासचिव पीटी लोप्चनको उपस्थितिमा गठन गरिएको फोरमको बागमती प्रदेश कमिटीमा सीमा तामाङ उपाध्यक्ष चुनिएकी छन्।

यस्तै, शिवहरि घिमिरे महासचिव, भोजराज भण्डारी सचिव र इन्द्रसरा खड्का कोषाध्यक्षमा चयन भएका छन्। दिक्षा कट्टेल, राजकुमार खाती, सन्तोष आङगहवा थारु, विक्रम दाहाल, ऋतु काफ्ले र समीक्षा गाहा सदस्यमा चुनिएका छन्।

खानेपानी, सरसफाइ र स्वच्छताका सवालहरुलाई मूलधारको मिडियामा समेट्ने र यस क्षेत्रमा क्रियाशील पत्रकारहरुको दक्षता अभिवृद्धि गर्ने कार्यमा दत्तचित्त भएर लाग्ने नवनिर्वाचित अध्यक्ष धामीले प्रतिबद्धता व्यक्त गरेका छन्।

फोरमकी केन्द्रीय अध्यक्ष अवस्थीले विधानको प्रावधान बमोजिम निकट भविष्यमै अन्य प्रदेशमा समेत वास मिडिया फोरमको प्रादेशिक कमिटी गठन गरिने बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved