राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

कांग्रेस संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी आजकै दिन स्वदेश फर्किएका थिए। सोही सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा काँग्रेसले मनाउँदै आएको छ।

नेपालभ्युज

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै
बीपी कोइराला ।

काठमाडौं। नेपाली कांग्रेसले आज (शुक्रबार) ‘४६ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पार्टीको केन्द्रीय कार्यसमितिले औपचारिक रुपमा कार्यक्रम नराखे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ र महामन्त्री विश्वप्रकाश शर्माले पोखराको कार्यक्रममा सहभागी हुनेछन्।

भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको छ।

कांग्रेस संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी आजकै दिन स्वदेश फर्किएका थिए। सोही सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा काँग्रेसले मनाउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved