
तमु ल्होसारः वसन्तपुरदेखि टुँडिखेलसम्म (फोटो फिचर)
काठमाडौं। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएका छन्।
तमु ल्होसार पर्वको अवसरमा जातीय पोशाकमा सजिएका युवा युवतीहरुले काठमाडौंको हनुमानढोका परिसर, वसन्तपुरदेखि टुँडिखेलसम्म र्यालीसमेत गरेका छन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो। वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ का रुपमा मनाइन्छ।
तमु ल्होसारका अवसरमा सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले देशैभर तमु ल्होसार पर्वको अवसरमा बिदा दिने घोषणा गरेको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved