तीन दिनको मौसम अपडेट

आज पनि हल्का हिमपात हुने

नेपालभ्युज

आज पनि हल्का हिमपात हुने

काठमाडौं। मंगलबार रातीदेखि परेको वर्षा रोकिएपनि काठमाडौं लगायत देशभरको मौसममा पूर्ण सुधार आएको छैन । विहीबार देशभर आंशिक देखि सामान्य बदली हुने मौसम पूवअनुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहीबार विहान ६ बजे अपडेट गरेको बुलेटिन अनुसार, दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही  पहाडी भू(भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

त्यस्तै विहीबार राती पनि पहाडी भूभागमा आंशिक देखी सामान्य बदली  र बाँकी भूभागमा आंशिक बदली  रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

महाशाखाले आम नागरिकलाई हिमपातका कारण चिसो बढ्ने भएकाले सतर्क रहन अनुरोध पनि गरेको छ । पश्चिमी न्यून चापिय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापिय क्षेत्रको  प्रभाव रहेका कारण देशभर वर्षा र हिमपात भइरहेको छ । विहीबार काठमाडौंको चन्द्रागिरीमा हिउ खेल्नेहरुको घुइचो लागेको थियो ।

महाशाखाले आगामी तीन दिनको मौसमको पूर्व अनुमान यस्तो गरेको छ :

 

२०७८ पौष १५ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही  पहाडी भू(भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशको पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली  र बाँकी भू(भागमा आंशिक बदली  रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रही  गण्डकी प्रदेश र प्रदेश नं १ एक वा दुई स्थानहरूमा हल्का वर्षा र उक्त प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू(भागमा आंशिक देखि सामान्य  बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

०७८ पौष १७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदलीको संभावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदलीको संभावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved