काठमाडौं। १२ देखि १७ वर्ष उमेर समूहलाई लगाउने भनिएको फाइजर खोपका लागि आवश्यक घोलक पदार्थ डाइलुएन्ट बुधबार नेपाल आइपुगेको छ।
यसअघि कोभ्यास सुविधाअन्तर्गत नेपालले १२–१७ उमेर समूहका लागि ६ लाख ६४ हजार डोज फाइजर खोप अनुदानमा प्राप्त गरेको थियो।
सरकारले १३ पुसबाट आठ जिल्लामा यो खोप लगाउने कार्यक्रम तय गरेको पनि थियो। तर, खोपसँगै आउनुपर्ने घोलक पदार्थ डाइलुएन्ट र फाइजर खोपका लागि आवश्यक मापदण्ड (०.३ एम एल) अनुसारको सिरिन्ज नआएपछि खोप अभियान स्थगित गरिएको थियो।
‘‘आवश्यक डाइलुएन्ट बुधबार नेपाल आइपुगेको छ। २० पुससम्म सिरिन्ज पठाउने जानकारी पनि कोभ्यासले गराएको छ,’’ स्वास्थ सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले भने,‘त्यसपछि खोप अभियान अघि बढ्नेछ।’’
‘‘काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत गरी आठ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई खोप फाइजर खोप लगाउने घोषणा यसअघि सरकारले गरेको थियो।
Facebook Comment
Comment