यु–१९ क्रिकेटमा श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो

नेपालभ्युज

यु–१९ क्रिकेटमा श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो

काठमाडौं। यु–१९ एशिया कपमा नेपाललाई श्रीलंकाले ६० रनले हराएको छ। टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंकाले नेपालविरुद्ध ४ विकेट गुमाउँदै निर्धारित ५० रनमा ३ सय २३ रनको फराकिलो चुनौती पेश गरेको थियो।

श्रीलंकाबाट सदिश राजपाक्षेले १ सय ३१ र चामिन्डु विक्रमासिंहेले १ सय ११ रन बनाएका थिए। जवाफमा ४७ ओभर ५ बलमा अलआउट हुनअघि नेपालले २ सय ६२ बनायो।

नेपालबाट अर्जुन साउदले सर्वाधिक ६४ रन बनाए। त्यस्तै, विवेक यादवले ४६ र बसिर अहमदले ४३ रनको इनिङ्ग्स खेले। त्यसअघि ओपनरद्वय सन्तोष कार्की ३४ र कप्तान देव खनाल २८ रनमा पेभेलियन फर्किएका थिए।

लगातार दोस्रो खेल हारेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि पहिलो खेलमा नेपाललाई बंगलादेशले हराएको थियो। बंगलादेश र श्रीलंकाले समूह बीमा शुरुवाती दुई खेल जित्दै सेमिफाइनल यात्रा तय गरेका छन्।

नेपालले अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। कुवेत पनि प्रतियोगिताबाट बाहिरिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved