माओवादीको महाधिवेशन : देउवा आए, ओली नआउने

नेपालभ्युज

माओवादीको महाधिवेशन : देउवा आए, ओली नआउने

काठमाडौं। नेकपा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि प्रधानमन्त्री एवंम् कांग्रेस शेरबहादुर देउवा कार्यक्रमस्थल प्रज्ञा भवन आइपुगेका छन्।

सत्तारुढ दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू यसअघि नै महाधिवेशनस्थलमा आइसकेका थिए।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनमा नआउने भएका छन्। उनी पार्टीको कार्यक्रममा झापा गएका छन्। यसअघि एमालेको दशौं महाधिवेशनमा पनि प्रचण्ड उपस्थित भएका थिएनन्।

एमालेको प्रतिनिधिका रूपमा श‌ंकर पोखरेल महाधिवेशनमा सहभागी भएका छन्। चितवनमा भएको एमाले महाधिवेशनमा माओवादीले लिलामणी पोखरेललाई प्रतिनिधिका रुपमा पठाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved