समाजवादी क्रान्तिको नेतृत्व गर्न माओ जयन्तीकै दिन आज महाधिवेशन

समाजवादी क्रान्तिको नेतृत्व गर्न माओ जयन्तीकै अवसर पारेर आज (आइतबार) नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन शुरु गर्न लागिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

नेपालभ्युज

समाजवादी क्रान्तिको नेतृत्व गर्न माओ जयन्तीकै दिन आज महाधिवेशन

काठमाडौं। समाजवादी क्रान्तिको नेतृत्व गर्न माओ जयन्तीकै अवसर पारेर आज (आइतबार) नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन शुरु गर्न लागिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

माओवादी केन्द्रले आज दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो महाधिवेशन उद्घाटन गर्दै छ। त्यसअघि अहिले बिहान अध्यक्ष प्रचण्डले माओ जयन्तीको शभुकामना सन्देश जारी गरेका हुन्।

सन्देशमा प्रचण्डले भनेका छन्, ‘जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो गौरवशाली पार्टीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्दैछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved