पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्न सक्ने

पश्चिमी वायुको प्रभावका कारण यो हप्ताभरिकै मौसम आंशिकदेखि पूर्ण बद्ली हुने सम्भावना छ। यसैबीच, बिहान काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ।

नेपालभ्युज

पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्न सक्ने
सांकेतिक तश्वीर

काठमाडौँ। पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्न सक्ने मौसमविद्ले बताएका छन्।

देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ। यस्तै, भोलि पनि देशभरको मौसम यस्तै रहने छ। आज काठमाडौंमा फाट्टफुट्ट मात्रै पानी पर्ने सम्भावना छ। मौसम बद्ली भई हिमपात र वर्षाको सम्भावना रहेकाले यो हप्तामा चिसो अझ बढ्ने छ।

पश्चिमी वायुको प्रभावका कारण यो हप्ताभरिकै मौसम आंशिकदेखि पूर्ण बद्ली हुने सम्भावना छ। यसैबीच, बिहान काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved