१४ औं महाधिवेशनपछि कांग्रसको पहिलो केन्द्रीय समिति बैठक

कांग्रेसमा कसलाई कुन वरीयता ? विश्वप्रकाशभन्दा गगन माथि, शेखर तल

नेपालभ्युज

कांग्रेसमा कसलाई कुन वरीयता ? विश्वप्रकाशभन्दा गगन माथि, शेखर तल

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पहिलो केन्द्रीय समितिको बैठकले निर्वाचित पदाधिकारीदेखि केन्द्रीय ससदस्याहरूलाई प्रमाणपत्र प्रदानसँगै वरीयता क्रम निर्धारण गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बैठक बसेको थियो। सभापतिमा पराजित डा. शेखर कोइरालालाई २० औं नम्बरमा राखिएको छ भने महामन्त्री गगन थापालाई चौथो नम्बरमा राखिएको छ। अर्का निर्वाचित महामन्त्री विश्वप्रकाश शर्मालाई भने थापाभन्दा एक स्थान तल राखिएको छ। थापा महामन्त्रीमा सर्वाधिक मत पाएर निर्वाचित भएका थिए।

महाधिवेशनमा सभापति पदमा पराजित कोइरालाले कूल मतदाताको ४० प्रतिशत मत ल्याए पनि उनी वरीयतामा निकै तल पुगे। दोस्रो वरीयतामा उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र तेस्रोमा अर्का उपसभापित धनराज गुरुङ छन्। कोइरालाले अघिल्लो पटकको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा सर्वाधिक मत ल्याएका थिए। यद्यपि आजको केन्द्रीय समितिको पहिलो बैठकमा कोइराला उपस्थित भने भएका थिएनन्।

त्यस्तै आजको पहिलो बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरी बढ्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। बैठकले आज चार ओटा निर्णय गरेको छ।

बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरू, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चार माध्यमसहितलाई धन्यवाद दिएको छ।

त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका उम्मेदवारहरूको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका महामन्त्री गगन थापाले जानकारी दिए।

दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरिएको छ। महामन्त्री थापाले भने, “आफ्नो पार्टीका संस्थापक नेता र सबै सहीदहरूलाई स्मरण गर्दै १४ औं महाधिवेशनको जुन नारा थियो–उत्साह, एकता र रुपान्तरण। त्यो नाराको मर्मअनुरुप इतिहासले सुम्पेको दायित्वलाई आत्मासात गर्दै अझै सुदृढ एकता बनाएर पार्टीको अगाडिको यात्रालाई अगाडि बढाउने संकल्प यो बैठकले गरेको छ।”

बैठकले यो महाधिवेशनमा विभिन्न ठाउँबाट आएर कांग्रेसलाई सुभेच्छा प्रकट गर्ने विभिन्न राजनीतिक दलका नेताहरूदेखि लिएर यो महाधिवेशनलाई सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गर्ने निर्वाचन समिति, सञ्चार माध्याम सबैलाई धन्यवाद प्रकट गर्ने निर्णय गरेको उनले जानकारी दिए।

त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिन पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय पनि गरिएको छ। त्यसैगरी निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि दलका तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय पनि पनि बैठकले गरेको छ।

निर्वाचितहरुलाई प्रमाण पत्र वितरणपछि बैठक करिब १५ मिनेट मात्र बसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved