काठमाडौं। एशियन सिनियर सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। बंगलादेशको ढाकास्थित इन्डोर स्टेडियममा जारी प्रतियोगिताको तेस्रो खेलमा आज नेपालले आयोजक राष्ट्र बंगलादेशलाई एकपक्षीय जित निकालेको हो।
नेपालले निरन्तर २५-५ र २५-१५ र २५-१७ सेटमा श्रीलंकालाई पराजित गरेको हो।
जितसँगै नेपाल ३ खेलमा ८ अंकसहित शीर्षस्थानमा उक्लिएको छ।आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गरेसँगै नेपालले फाइनलनजिक पुगेको हो। राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच २९ डिसेम्बरमा फाइनल खेल हुनेछ।
बिहीबार पहिलो खेलमा उत्कृष्ट पुनरागन गर्दै नेपालले श्रीलंकालाई ३-२ सेटमा पराजित गरेको थियो। हिजो भएको दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मालदिभ्सविरुद्ध नेपालले ३-० को सेटमा सहज जित निकालेको थियो।
Facebook Comment
Comment