एजेन्सी। भारतीय टिमका स्टार स्पिनर हरभजन सिंहले क्रिकेटबाट सन्यास लिएका छन्। उनले ट्वीटरमार्फत सन्यास घोषणाको जानकारी दिएका हुन्।
केही दिनअघिामत्रै पूर्व क्रिकेटर तथा पञ्जाब कांग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धुले हरभजन सिंहसँगै बसेको एक तस्विर शेयर गरेका थिए। ‘सम्भावनाहरूले भरिएको तस्वीर,’’ उनले लेखेका थिए।
त्यही समयदेखि हरभजन सिंह राजनीतिमा आउने अनुमान लगाइएको थियो। आगामी वर्ष पञ्जाबमा विधानसभाको चुनाव हुँदैछ।
३ जुलाई १९८० मा पञ्जाबको जालन्धरमा जन्मिएका हरभजन सिंहले भारतका तर्फबाट १ सय ३ टेस्ट र २ सय ३६ एकदिवसीय खेल खेलेका छन्। उनले टेस्टमा ४१७ र एकदिवसीय २६९ विकेट लिएका छन्।
भारतबाट २८ वटा टी २० खेल खेल्दै उनले २५ विकेट लिएका छन्। टेस्ट क्रिकेटमा उनले दुई शतक पनि लगाएका छन्। १९९८ मा उनले अस्ट्रेलियाविरुद्ध आफ्नो पहिलो टेस्ट म्याच खेलेका थिए, जबकी यही वर्ष अप्रिलमा उनले आफ्नो पहिलो एकदिवसीय खेल न्युजिल्यान्डविरुद्ध खेले।
२००७ मा भारतबाट टी २० विश्वकप जितेका हरभजन २०११ मा एकदिवसीय विश्वकप जित्न सफल भए। आईपिएलमा उनले चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबाट खेलिसकेका छन्।
Facebook Comment
Comment