कांग्रेस प्रदेश २ अधिवेशन

देउवा र कोइराला–निधि प्यानलबीच प्रतिस्पर्धा

देउवा र कोइराला पक्षका केन्द्रीय नेता तथा निधि जनकपुरधाममा 

कांग्रेस प्रदेश नम्बर २ मा बुधबार प्रदेश अधिवेशन अन्तर्गत मतदान हुँदैछ। केन्द्रमा सभापति पदमा देउवालाई दोस्रो चरणमा समर्थन गरेका विमलेन्द्र निधिले प्रदेश २ मा भने शेखर कोइरालासँग चुनावी गठबन्धन गरेका छन्। 

नेपालभ्युज

देउवा र कोइराला–निधि प्यानलबीच प्रतिस्पर्धा

काठमाडौँ। नेपाली कांग्रेस प्रदेश नम्बर २ मा बुधबार प्रदेश अधिवेशन अन्तर्गत मतदान हुँदैछ। केन्द्रमा सभापति पदमा देउवालाई दोस्रो चरणमा समर्थन गरेका विमलेन्द्र निधिले प्रदेश २ मा भने शेखर कोइरालासँग चुनावी गठबन्धन गरेका छन्।

कोइराला–निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादव उम्मेदवार छन्। यता देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादव उम्मेदवार छन्।

प्रदेश सभापतिसहित उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति देउवा र नेता कोइराला तथा निधिको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने छ।

कोइराला–निधि प्यानलका रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्रीमा नरेश यादव र हरेस यादव प्रतिस्पर्धामा छन्। सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदी उम्मेदवारी छन्।

देउवा पक्षबाट उम्मेदवार कृष्णाको प्यानलबाट उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादव उम्मेदवार छन्। महामन्त्रीमा उपेन्द्र यादव र वृहसपति कुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।

सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरी उम्मेदवार हुँदा रिता यादवले पनि सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन्।

प्रदेशमा करिब २ हजार मतदाता छन्। प्रदेश अधिवेशनका लागि देउवा र कोइराला पक्षका केन्द्रीय नेता तथा निधिसहित नेताहरू जनकपुरधाम छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved