चिसो बढ्दै, मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री

मंगलबार बिहान गरिएको मापन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस देखिएको छ।

नेपालभ्युज

चिसो बढ्दै, मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री

काठमाडौं। तराईका भू–भागमा बिहानको समयमा हुसु,कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्न थालेको छ। मंगलबार बिहान गरिएको मापन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस देखिएको छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विज्ञले अनुरोध गरेका छन्।

सोमबार रातिबाट न्यून चापीय प्रणालीमा असर पर्न थालेपछि उच्च पहाडी भूभागमा हल्का हिमपात हुने सम्भावना छ।

हाल पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको मौसम विभागले जनाएको छ। अर्थात् बिहान चिसो केही कम र दिउँसो घाम लागे पनि न्यानो कम न्यानो हुने छ।

दिउँसो : पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ ,बागमती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved