कांग्रेस महिला खुला केन्द्रीय सदस्य, पुरानै अनुहारको वर्चस्व

तीन जना मात्र नयाँ सदस्य

कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको निर्वाचनमा विजयी भएकामध्ये छ जना पुरानै अनुहार छन्। तीन जनामात्र पहिलो पटक केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

नेपालभ्युज

कांग्रेस महिला खुला केन्द्रीय सदस्य, पुरानै अनुहारको वर्चस्व

काठमाडौं। नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको निर्वाचनमा विजयी भएकामध्ये छ जना पुरानै अनुहार छन्। १४ औँ महाधिवेशनअन्तर्गत तीन जनामात्र पहिलो पटक केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

गत सोमबार सम्पन्न निर्वाचन अन्तर्गत सोमबार राति सकिएको महिला खुलातर्फको मतगणना अनुसार विजयीमध्ये डा. आरजू राणा देउवा, सुशीला ढकाल आचार्य र रंगमती शाही पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् ।

यस्तै डा. डिला सङ्ग्रौला सर्वाधिक मतका साथ निर्वाचित भएकी छिन्। पुष्पा भुसाल दोस्रो भइन् । अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईँ, रमा कोइराला पौडेल पुरानै अनुहार दोहोरिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved