एजेन्सी। टाउको दुख्नुका अनेक कारण छन्। कामको दबाब धेरै हुँदा, तनाव, पर्याप्त निद्रा नहुनु, धेरै चिच्याउनु, फोनमा धेरैबेर कुराकानी गर्नु, धेरै सोच्नु, थकान, शिरमा रक्तप्रवाह कम हुनुलगायत यस्ता धेरै कारणहरु छन्।
त्यसैले यसको निवारणका लागि पनि हामीले सोच्न जरूरी छ। नियमित दुईपटक १० देखि २० मिनेट ध्यान गर्नाले शरीर र मन दुबैलाई आराम मिल्छ । टाउकोमा रक्तप्रवाह बढ्छ । जसकारण तपाईलाईसमस्याबाट राहत मिल्छ ।
टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि तपाईले शरीरलाई पानीको कमी हुनबाट बचाउन पनि जरुरी छ । तपाईले पर्याप्त मात्रामा पानी पिउनुस्, जसकारण टाउको दुख्ने समस्याबाट बच्न सकिन्छ ।
मांशपेशी र शरीर खुम्चदाँ पनि टाउको दुख्छ । यसका लागि तपाईले थोरै थोरै समयमा स्ट्रेचिङ गर्नु निकै राम्रो हुन्छ । यी उपायहरु अपनाएर तपाई टाउको दुख्ने समस्याबाट राहत पाउन सक्नुहुन्छ ।
टाउको दुख्ने समस्याबाट तत्काल राहत पाउनका लागि यी उपायहरु धेरैले प्रयोग गर्दै आएका छन्।
Facebook Comment
Comment