प्रदेश नं १ मा ११ सङ्क्रमित थपिए

प्रदेश नं १ मा ११ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो दर लगातार तीन दिनदेखि एउटै देखिएको छ। दुई सय ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा पाँच र झापामा तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै छ महिलासहित १२ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। प्रदेशमा अझै ८६ सक्रिय सङ्क्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved