३० लाखभन्दा बढी खोप नेपाल आइपुग्यो

नेपालभ्युज

३० लाखभन्दा बढी खोप नेपाल आइपुग्यो

काठमाडौैं।  सोमबार एकै दिन ३० लाख बढी कोरोनाविरुद्धको खोप नेपाल आएको छ। भारतसँग एक वर्षअघि नै किनिएको कोभिशिल्ड र चीनबाट भेरोसेल गरी ३० लाख ७१ हजार ८ सय ८७ डोज खोप नेपाल आइपुगेको हो।

स्वास्थ मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले जनाएअनुसार चीनबाट भेरोसेल खोप १२ लाख १ हजार ८ सय ८७ डोज छ। त्यस्तै, भारतबाट १८ लाख ७० हजार डोज कोभिशिल्ड खोप ल्याइएको छ।

चीनबाट ल्याएको भेरोसिल खोप कोभ्याक्सअन्तर्गत एसियाली विकास बैंक (एडीबी)को सहयोगमा खरिद गरिएको स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका फार्मेसी अधिकृत बढेबाबु थापा मगरले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved