बढ्यो चिसो, काठमाडौंमा ४ डिग्री तापक्रम

बिहान सवा ७ बजेसम्म काठमाडौंमा ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। राती भने शून्यसम्म पुग्ने गरेको छ।

नेपालभ्युज

बढ्यो चिसो,  काठमाडौंमा ४ डिग्री तापक्रम

काठमाडौँ। बिहानको समयमा हुस्सु, कुहिरो लाग्नका साथै देशभर चिसो बढेको छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले अनुरोध पनि गरेका छन्।

बिहान सवा ७ बजेसम्म काठमाडौंमा ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। राती भने शून्यसम्म पुग्ने गरेको छ।

हाल देशभरको मौसम सामान्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश–१, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा भने हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved