एमसीसी अस्वीकार गर्नुपर्ने नेकपा(एस)को धारणा

नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अस्वीकार गर्नुपर्ने निष्कर्ष निकालेको छ।

नेपालभ्युज

एमसीसी अस्वीकार गर्नुपर्ने नेकपा(एस)को धारणा

काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अस्वीकार गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वका एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बस्नुअघि भएको नेकपा (एसको) शीर्ष नेताको बैठकले यथाअवस्थामा पारित गर्न नहुने निष्कर्ष निकालेको हो।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सांसदमार्फत अघि बढाउने प्रयत्न गरिरहेका छन् । सोही तयारी अनुसार आइतबार अपराह्न सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा जानुअघि नेकपा (एस)ले भने अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने भन्दै बरु त्यसलाई अस्वीकार गर्नुपर्ने ठहर गरेको हो।

प्रवक्ता जगन्नाथ खतिवडाले नेपाल भ्यूजसँग भने‘‘अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा ठूलो राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना महत्त्वपूर्ण हो। अहिलेको बुँदामा भएका विभिन्न विषयहरूले राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता, राजनीतिक स्थिरता ल्याउँछ। यसकरण ती बुँदा संशोधनपछि मात्रै पारित गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ।’’

बैठकमा अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीबाट सरकारमा गएका मन्त्री र सांसदहरू सहभागी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved