उत्पादन क्षेत्रलाई दिन आनाकानी गर्ने बैंक कपाल रोप्न ऋण दिन्छ

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो।

नेपालभ्युज

उत्पादन क्षेत्रलाई दिन आनाकानी गर्ने बैंक कपाल रोप्न ऋण दिन्छ

चितवन । उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पछि सर्ने बैंकहरू अनुत्पादन क्षेत्रमा बैंकिङ सुविधा प्रदान गर्न भने तछाडमछाड गर्छन्। त्यसको पछिल्लो उदाहरण चितवनमा एक निजी अस्पतालमा कपाल प्रत्यारोपण गर्न बैंकिङ सुविधा दिन लागिएको घटना हो।

उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ। चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो।

निजी बैंकसँगको सहकार्यमा अस्पतालले कपाल प्रयारोपण, कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा उपलब्ध हुने व्यवस्था मिलाएको हो। सरकारले कृषि उत्पादनमा लगानी बढाउन आर्थिक लगानी उपलब्ध गराउन सकेको छैन। कृषिमा लगानीको वातावरण बन्न नसकेको अवस्थामा निजी अस्पतालले कपाल प्रत्यारोपण गर्न बैंकसँग किस्ताबन्दीमा आर्थिक सहायता मिलाउने व्यवस्था गर्न लागेको हो।

अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीसमेत तिर्न पाइने व्यवस्था गरेको अस्पतालकी डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताइन्।

बैंकले २५ हजार रुपैयाँदेखि दुई लाखसम्म ऋण धितोबिना त्यो पनि शून्य ब्याजदरमा उपलब्ध गर्न लागेको हो। १८ महीनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ ।

उत्पादनमूलक कार्यमा लगानी गर्न नमान्ने निजी बैंकहरू अनुत्पादन कार्यमा लगानी गर्न भने अघि बढेको यो गतिलो उदाहरण हो। ‘अटो लोन’ देखि ‘होम लोन’ विद्युतीय सामग्री खरिद लोन त दिँदै आएका थिए, अब निजी बैंकले कपाल प्रत्यारोपण गर्नसमेत ऋण व्यवस्था मिलाइदिएको हो।

यसरी ऋण लिने ग्राहकका लागि आवश्यक कागजी प्रक्रिया पनि अस्पताल आफैले मिलाइदिने भएको छ। अस्पताल व्यवस्थापन विभागका कर्मचारीले जनाएअनुसार यसले बैंक धाइरहनुपर्ने झन्झट सेवाग्राहीमा हुँदैन। “हामीले सहजीकरण गरिदिन्छौँ,” कर्मचारीहरू बताउँछन्।

कपाल प्रत्यारोपका लागि चितवनमा पहिलो पटक बैंकिङ सुविधा प्रदान गर्न लागिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved