बालुवाटारमा ४ बजे सर्वदलीय बैठक बस्‍‍ने

नेपालभ्युज

बालुवाटारमा ४ बजे सर्वदलीय बैठक बस्‍‍ने
फाइल तस्वीर

काठमाडौ। प्रधानमन्‍त्री शेरबहादूर देउवाले आज ४ बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्। संसद्मा जारी अवरोध खुलाउन र विद्यमान राजनीतिक सवालहरुका विषयमा छलफल गर्न उनले बैठक बोलाएका हुन्।

प्रधानमन्‍त्री देउवाको सचिवालयका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख नेताहरूलाई बैठकमा बोलाइएको छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी. जनमोर्चा नेपाल, राप्रपालगायत दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ ।

प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण लामो समयदेखि दुबै सदनको काम-कारबाही प्रभावित हुँदै आएको छ। यही गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले पहल थालेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved