आजदेखि ५७ जिल्लाका बालबालिकालाई कोभिड-१९ विरुद्ध खोप लगाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.सङ्गीता कौशल मिश्रका अनुसार खोपको पहिलो डोज आजदेखि १४ पुससम्म र दोस्रो २ माघदेखि १२ माघसम्म लगाइने छ।

नेपालभ्युज

आजदेखि ५७ जिल्लाका बालबालिकालाई कोभिड-१९ विरुद्ध खोप लगाइँदै

काठमाडौं : आजदेखि ५७ जिल्लाका (१२–१७) उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइदैंछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्रका अनुसार खोपको पहिलो डोज आजदेखि १४ पुससम्म लगाइनेछ। त्यस्तै, डोज २ माघदेखि १२ माघसम्म लगाउने कार्यक्रम रहेको उनले बताएकी छिन्।

कहाँ कहाँ लगाइँदैछ ?

प्रदेश नं १ मा खोप लगाउनका लागि ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, उदयपुर जिल्लाका विद्यालयहरू तोकिएका छन्। प्रदेश नं २ मा सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका विद्यालयहरूमा खोप लगाइदैंछ।

बाग्मती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर जिल्लामा खोप कार्यक्रम सञ्चालन हुनेछ। त्यस्तै, गण्डकी प्रदेशका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत जिल्लामा खोप कार्यक्रम सञ्चालन हुनेछ।

लुम्बनी प्रदेशका रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दियामा खोप कार्यक्रम सञ्चालन हुनेछ।

कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लामा खोप लगाइदैंछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved