सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनबीच छलफल

विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको हो।

नेपालभ्युज

सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनबीच छलफल
फाइल तस्वीर

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बोलाएका छन्। विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको हो।

बैठकमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुनेछन्।

प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्नका लागि आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved