कांग्रेस सहमहामन्त्री – खसआर्यतर्फ राठौर र मुस्लिममा मन्सुर निर्वाचित

केन्द्रीय सदस्य छान्न शुक्रबार नै मतगणना गरिने

सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन्। यता मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन्।

नेपालभ्युज

कांग्रेस सहमहामन्त्री – खसआर्यतर्फ राठौर र मुस्लिममा मन्सुर निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन्। उनी देउवा प्यानलका हुन्। उनले कोइराला प्यानलका देवराज कोइरालालाई हराएका हुन्।

कांग्रेस निर्वाचन समितिका अनुसार राठौरले २५७६ मत पाउँदा देवराजले २५५९ मत ल्याएका छन्।

यता मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन्। मन्सुरले २७७६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी शेख वकिलले १८७१ प्राप्त गरेका छन्।

मन्सुर पनि सभापति शेरबहादुर देउवा पक्षधर हुन्। केन्द्रीय सदस्य छान्न शुक्रबार नै मतगणना गरिने छ। सहमहामन्त्रीको मतगणना सकिएपछि केन्द्रीय सदस्यको मतगणना शुरू गरिनेछ।

शुरूमा मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ। खुला केन्द्रीय सदस्यका लागि शनिबार मतगणना हुने सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved