शरीर र मानसिक स्वास्थका लागि साइकिलिङ

नेपालभ्युज

शरीर र मानसिक स्वास्थका लागि साइकिलिङ

एजेन्सी।  साइकिलिङले शरीरलाई मेन्टेन गर्छ। साथसाथै, मानिसलाई खुसी पनि बनाउँछ। किनकी, यो एक तरिकाको कार्डियो वर्कआउट हो ।

एक अध्ययनअनुसार शारीरिक श्रमको कमीका कारण निद्रा नआउने समस्या व्यहोरिरहेका मानिसहरुले व्यक्तिले दैनिक २० देखि ३० मिनेट साइकल चलाउने हो भने मज्जाको निद्रा प्राप्त गर्छन्। साइकिलिङले इम्युनिटी अर्थात् रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।

त्यसो भए दैनिक रुपमा साइकिलिङ किन नगर्ने ? तपाई दुखी या हताश महसुस गरिरहेको अवस्थामा तत्कालै साइकल उठाएर बाहिर निस्कनुस् । यसले तपाईको दिमाग र मुडलाई फ्रेस बनाउँछ बनाउँछ ।

दैनिक साइकल चलाउने व्यक्तिको पाचनक्रिया राम्रो र तिव्र हुन्छ । फलतः आन्द्राको क्यान्सरको खतरा पनि कम हुन्छ । ब्रिटिश हर्ट फाउन्डेशनका अनुसार मानिसहरुले दैनिक साइकिलिङ गर्ने हो भने मुटुरोगका कारण मृत्यु हुनेको संख्या पनि कमी घटेर जानेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved