स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.संगीता मिश्रा

नेपालभ्युज

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.संगीता मिश्रा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नया प्रवक्ताका रुपमा डा.संगीता मिश्राले जिम्मेवारी सम्हालेकी छिन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई प्रवक्ताको जिम्मेवारी दिएपछि आजैबाट उनले पदभार सम्हालेकी हुन् ।

यसअघि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल मन्त्रालयका प्रवक्ता थिए । डा. मिश्रा यसअघि प्रसुतिगृह अस्पतालको निर्देशकका रुपमा कार्यरत थिइन् । उनलाई १२ मंसीरमा सरुवा गरी मन्त्रालयको समन्वय महाशाखामा ल्याइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved