जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ डोज खोप नेपाल आउँदै

नेपालभ्युज

जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ डोज खोप नेपाल आउँदै

काठमाडौं।  एक डोज मात्र लगाए पुग्‍ने जोन्सन एन्ड जोन्सन कम्पनीको काेभिड-१९  खोपको २१ लाख ७६ डोज नेपालमा आउने भएको छ। आज ७ लाख १९ हजार ६ सय ५० डोज र भोली १४ लाख ५७ हजार डोज खोप  नेपाल आउने स्वास्थ विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए।

यो खोप कोभ्याक्स सुविधाअन्तर्गत जर्मन सरकारले नेपाललाई उपलब्ध गराएको हो।  यसअघि अमेरिकाले कोभ्याक्समार्फत झन्डै १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved