भारतका रक्षामन्त्रीले भने, ‘‘शीर झुकाउन तयार छौं, नेपालसँगको सम्बन्ध बिगार्दैनौं”

नेपालभ्युज

भारतका रक्षामन्त्रीले भने, ‘‘शीर झुकाउन तयार छौं, नेपालसँगको सम्बन्ध बिगार्दैनौं”

एजेन्सी। भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध बिगार्न धेरै शक्तिकेन्द्रहरू लागिरहेका आरोप लगाएका छन्। उनले ती शक्तिहरूलाई भारत सरकारले सफल हुन नदिने दाबी गरे।

‘‘नेपाल र भारतबीच सम्बन्ध बिगार्न खोज्ने शक्तिहरू छन्। सरकारको प्रतिनिधिका रूपमा भन्न चाहन्छु ‘यदि हामीले शीर झुकाउनुपर्छ भने म त्यो गर्नेछु, तर छिमेकी नेपालसँग सम्बन्ध बिग्रन दिनेछैन,’’ देहरादूनमा आयोजित शहीद यात्रा सम्मान कार्यक्रममा उनले भने। प्रमुख अतिथि सिंहले सैनिक धामको शिलान्याससमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved