एमालेका मनोनित केन्द्रीय सदस्यहरुले आज शपथ लिँदै

नेपालभ्युज

एमालेका मनोनित केन्द्रीय सदस्यहरुले आज शपथ लिँदै
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनित भएका ४४ जना नयाँ सदस्यहरुले आज पदको शपथ लिदैंछन्।

दशौं महाधिवेशनपछि गत आइतबार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले खुल्लातर्फ २०, महिलातर्फ १५ र एकताको प्रक्रियाबाट आएका थप नौ जनागरी ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।

आज ११ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा उनीहरुले शपथ लिने कार्यक्रम छ। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष केपी ओलीले उनीहरुलाई शपथ गराउनेछन्, त्यसपछि उनले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved