काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशलगायत विभिन्न आन्दोलनका उपलब्धि सम्बोधन गर्नेगरी संविधान संशोधन गर्न माग गरेका छन्। त्यस्तै, नागरिकता समस्याको समाधान गर्न माग गरे।
कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो धारणा राख्दै यादवले निर्वाचन प्रणाली र शासकिय स्वरूपमा सुधार हुनुपर्ने बताए। ‘‘विगतका आन्दोलनमा गरेका सन्धि-सम्झौता र प्रतिबद्धता पूरा गर्न ढिलाई गर्नु हुँदैन। मधेशी, जनजाति, खस आर्यसहित सबैको पहिचानले समाधान रुपमा महत्व राख्दछ। सबै समुदायको राष्ट्रिय पहिचानलाई सुरक्षित गर्दामात्रै हाम्रो विशिष्ट पहिचान सुरक्षित हुन्छ।
यसलाई व्यवहारमा लागु गर्ने दायित्व हामी सबैको हो। विगतमा भएका कमी-कमजोरी हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योलता अन्त्य गर्नुपर्छ। संवैधानिक निकायहरूलाई अझ सक्षम, निष्पक्ष, क्रियाशील र प्रभावकारी बनाउनुपर्छ,’’ यादवले भने।
Facebook Comment
Comment