काठमाडौं। रोहित शर्मालाई भारतको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टिमको कप्तानीको जिम्मा दिइएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले आज विराट कोहलीलाई हटाउँदै रोहित शर्मालाई कप्तान बनाएको हो।
भारत र दक्षिण अफ्रिकाबीच २६ डिसेम्बरदेखि तीन टेष्ट शृंखला हुँदैछ। यसका लागि भारतीय टोलीको घोषणा गरिएको छ। रोहित शर्मा, केएल राहुल, ऋषभ पन्त, जसप्रित बुमराह, मोहम्मद शामी र हनुमा विहारी टोलीमा फर्किएका छन्।
सीमित ओभरको सिरिजका लागि भारतीय टोलीको घोषणा पछि गरिने जनाइएको छ। यस्तै रवीन्द्र जडेजा, शुभमन गिल, अक्षर पटेल र राहुल चाहर भने चोटका कारण छनोटमा परेनन्।
यो भ्रमण २६ डिसेम्बरमा सेन्चुरियनमा हुने टेष्ट खेलबाट शुरु हुनेछ। यसपछि दोस्रो टेस्ट जनवरी ३ देखि ७ सम्म जोहानेसबर्गमा र अन्तिम टेस्ट जनवरी ११ देखि १५ सम्म केप टाउनमा हुनेछ।
अब कोहली भारतीको टेष्ट टिमको मात्र कप्तानमा खुम्च्याइएको छ। यूएई र ओमानमा भएको टी-२० विश्वकपपछि कोहलीले टी-२० टिमको कप्तानी छाडेका घोषणा गरेका थिए। त्यसपछि न्युजिल्याण्डविरुद्ध घरेलु मैदानमा भएको टी-२० सिरिजमा रोहित शर्माले नै भारतको कप्तानी गरेका थिए।
Facebook Comment
Comment