एक सय शय्याको अस्पताल हुनेले मात्र नर्सिङ पढाउन पाउँछः मन्त्री पौडेल

एक सय शय्याको अस्पताल हुनेले मात्र नर्सिङ पढाउन पाउँछः मन्त्री पौडेल

चितवन। शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन्। चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै मन्‍‍‍‍त्री पौडेलले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे।

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठन–पाठन सुरु गर्न निर्देशन दिएको पनि उनले बताए।

उनले पिसिएल नर्सिङको अध्ययन २०८० देखि खारेज गर्ने निर्णय भइसकेकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved