यु–१९ राष्ट्रिय क्रिकेट : प्रदेश–२ लाई हराउँदै लुम्बिनी फाइनलमा

टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीले प्रदेश २ लाई ३९ ओभर ५ बलमा १ सय ६८ रनमै अलआउट गरेकोे थियो । ओपनर सन्तोष कार्कीले ८२ र गुल्सन झाले ३२ रन बनाएपनि प्रदेश २ का अन्य ब्याटस्म्यान जम्न सकेनन् ।

नेपालभ्युज

यु–१९ राष्ट्रिय क्रिकेट : प्रदेश–२ लाई हराउँदै लुम्बिनी फाइनलमा
फाइल फोटो

काठमाडौं ।  प्रदेश–२ लाई ९ विकेटले हराउँदै लुम्बिनी प्रदेशले यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । समूह चरणमा खेलेका ६ खेलमध्ये ५ खेल जित्दै लुम्बिनी फाइनलमा पुगेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीले प्रदेश २ लाई ३९ ओभर ५ बलमा १ सय ६८ रनमै अलआउट गरेकोे थियो । ओपनर सन्तोष कार्कीले ८२ र गुल्सन झाले ३२ रन बनाएपनि प्रदेश २ का अन्य ब्याटस्म्यान जम्न सकेनन् ।

लुम्बिनीबाट वासिर अहमदले ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यसैगरी, विशाल विक्रम केसीले ३ र राहुल चौधरीले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले २६ ओभर ५ बलमै लक्ष्य भेट्यायो । लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले ५७ र देव खनालले अविजित ६२ रन बनाए । त्यस्तै, प्रज्वल थापाले १३ रन जोडे ।

प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा सुदुरपश्चिम प्रदेशले प्रदेश १ लाई ६ विकेटले हराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved