एमाले महाधिवेशन

नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरु

नेपालभ्युज

नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरु

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा र बाँकी केही केन्द्रीय सदस्यका लागि मतदान शुरु भएको छ। पटक पटक संशोधन हुँदै सोमबार राति २ बजे तय भए पनि निर्वाचन विहान ४ बजेपछि मात्रै शुरु भएको थियो।

एमालेको आगामी पाँच वर्षका लागि उपमहासचिवमा निर्विरोध नेता प्रदीप ज्ञवालीले मतदानको शुरूआत गरेका थिए।

शुरुमै अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र भीम रावलले मतदान गरेपछि बाँकी अन्य नेताहरुले मतदान गर्ने क्रम जारी छ।

सोमबार दिउँसो नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी ९ बजेदेखि मतदान शुरु गर्ने भनिए पनि सहमतिको प्रयास गर्दै पुनः निर्वाचन कार्यक्रम सारिएको थियो।

सोमबार दिउँसो नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी ९ बजेदेखि मतदान शुरु गर्ने भनिए पनि सहमतिको प्रयास गर्दै पुनः निर्वाचन कार्यक्रम सारिएको थियो।

शनिबारको बन्दसत्रले केपी शर्मा ओलीलाई नै पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको सर्वाधिकार दिएकोमा रावलसहितका नेताहरुले त्यसको विरोध गरेका थिए। जसकारण वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवलगायतमा सर्वसम्मति भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव पदमा निर्वाचन हुने भएको हो।

मतदान गरेर बाहिरिएका अध्यक्षका उम्मेदवार रावलले उपकरणमा सजिलो भएको बताए।

एमालेको आगामी पाँच वर्षका लागि उपमहासचिवमा निर्विरोध नेता प्रदीप ज्ञवालीले सहमतिको प्रयासका कारण निर्वाचनमा ढिलाइ भएको बताए। अध्यक्षमै सहमति हुन नसक्दा निर्वाचनमा जान परेको उनको भनाइ थियो। निर्धारित समयमै महाधिवेशन सक्ने तयारी भए पनि व्यवस्थापन राम्रो गरेकाले यति ठूलो कार्यक्रम केही ढिलाइ हुनु सामान्य भएको उनले बताए।

हाल ७ केन्द्रीय सदस्य र ३ पदाधिकारीसहित १० पदका लागि निर्वाचन हुन लागेका हो।

निर्वाचनमा अध्यक्षका लागि ओली र रावल प्रतिस्पर्धामा छन् भने उपाध्यक्षमा घनश्याम भूसालसहित रामबहादुर थापा, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन्। भूसालबाहेक सबै ओलीले चुनेका पदाधिकारी हुन्।

यता ओलीको प्रस्ताव अस्वीकार गर्दै टंक कार्की र भीम आचार्यले उम्मेदवारी दिएपछि सचिवमा कार्की र आचार्यसहित ओलीले प्रस्ताव गरेका गोकर्ण विष्ट, योगेश भट्टराई, लेखराज भट्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा तथा पद्मा अर्याल चुनाव लडिरहेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved