कांग्रेस नेता बद्री पाण्डे सहमहामन्त्रीको उमेदवार

पाण्डेले आफू एक कार्यकाल मात्र सहमहामन्त्रीको भूमिका काम गर्न चाहेको बताउँदै १५ औँ महाधिवेशनमा आफू सहमहामन्त्रीको उम्मेदवार नबन्ने पनि घोषणा गरे।

नेपालभ्युज

कांग्रेस नेता बद्री पाण्डे सहमहामन्त्रीको उमेदवार

काठमाडौं। नेपाली कांग्रेसका नेता बद्री पाण्डेले १४ औँ महाधिवेशनमा पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सोमबार पत्रकार सम्मेलन गर्दै पाण्डेले दुई पटक आफू केन्द्रीय सदस्य भइसकेकाले अब पदाधिकारीमा उम्मेदवारी दिएको बताए। उनले आफू पिछडिएको क्षेत्रको कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने पनि प्रष्टाएका छन्।

पाण्डेले आफू एक कार्यकाल मात्र सहमहामन्त्रीको भूमिका काम गर्न चाहेको बताउँदै १५ औँ महाधिवेशनमा आफू सहमहामन्त्रीको उम्मेदवार नबन्ने पनि घोषणा गरे।

एउटै व्यक्ति सधैं एउटै पदमा रहने प्रवृत्तिको विरुद्धमा आफू रहेको बताउँदै पाण्डेले पार्टी भित्र सबै क्षेत्र र समुदायको समान प्रतिनिधित्वको पक्षमा आफू रहेको बताए।

पाण्डे वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved