काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि ओलम्पियन दीपक विष्टसहित दर्जन बढीले आवेदन दिएका छन्। युवा तथा खेलकुद मन्त्रालयले ४ मंसीरमा सूचना जारी गर्दै एक हप्ताका लागि आवेदन खुला गरेको थियो।
मन्त्रालयमा महेश्वर जंग गहतराज आएपछि उनले रमेशकुमार सिलवाललाई राखेप सदस्यसचिवबाट हटाएका थिए।
त्यसपछि मन्त्रालयले नयाँ सदस्यसचिवका लागि आवेदन खुलाएकोमा रविराज कर्णिकार, जगतमान श्रेष्ठ, अच्युतम लामिछाने, टंकलाल घिसिङ, भरत महर्जन, ममता श्रेष्ठ, राजकुमार कार्की लगायतले आवेदन दिएका छन्।
जसमध्ये विष्ट नेपाली खेलकुद क्षेत्रमा सर्वाधिक चर्चित र सफल खेलाडी हुन्। उनले दक्षिण एसियाली खेलकुद (साफ)मा तेक्वान्दोतर्फ चारपटक स्वर्ण पदक जिती कीर्तिमान बनाएका छन्।
२०७१ फागुनमा खेल जीवनबाट सन्यास लिएका विष्ट हाल तेक्वान्दो प्रशिक्षकका रूपमा सक्रिय छन्।
Facebook Comment
Comment