उपाधिको दाबेदार थ्री स्टार सातदोबाटोसँग पराजित

नेपालभ्युज

उपाधिको दाबेदार थ्री स्टार सातदोबाटोसँग पराजित
तस्वीर : थ्रीस्टार क्लब।

काठमाडौं। उपाधिको प्रवल दाबेदार थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पराजित भएको छ। थ्री स्टार नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको छ।

शुक्रबार देखि शुरु लिगको दोस्रो चरणको पहिलो खेलमा नै सातदोबाटोले थ्री स्टारलाई अप्रत्याशित रूपमा १-० गोल अन्तरले पराजित गर्‍यो।
सातदोबाटो गत सिजन ‘बी’ डिभिजन लिग जित्दै पहिलो पटक ‘ए’ डिभिजन खेलिरहेको क्लब हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुदीप गुरुङले खेलको २९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। विदेशी खेलाडी मार्टिन्सको पासमा सुदिपले गरेको लामो प्रहार गोलमा परिणत भएको थियो।

खेलको बाँकी समयमा थ्री स्टारले गोल गर्ने केही मौका खेर फाल्दा खेल सातदोबाटाले जित्यो। जारी लिगमा अपराजित सातदोबाटाले पहिलो खेलमा फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो। आफ्नो पहिलो खेलमा च्यासललाई ३-० हराएको थ्री स्टारको यो पहिलो हार हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved