अफगान महिलालाई थप प्रतिबन्ध लगाउँदै तालिबान

नेपालभ्युज

अफगान महिलालाई थप प्रतिबन्ध लगाउँदै तालिबान

काठमाडौँ । अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध बिस्तार गर्दै लगेको छ। पछिल्लो नियमअनुसार तालिबानले महिलाहरूलाई टेलिभिजन ड्रामा (टेलिशृङ्खला वा टेलिचलचित्र) मा अभिनय गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो। यसअघि खेलकुदमा प्रतिबन्ध लगाएको थियो।

यस्तै महिला पत्रकार तथा समाचार वा अन्य कार्यक्रम प्रस्तोताहरूलाई पनि टेलिभिजनमा प्रस्तुत हुँदा अनिवार्य रुपमा टाउको छोप्ने लुगा (हिजाब) लगाउन तालिबानले आदेश दिएको छ।
गएको अगस्टको मध्यमा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको हो। उनीहरूले सुरुमा आफूहरू परिवर्तन भएको र महिलासहितको अधिकार रक्षा गर्ने बताएका थिए। तर एकपछि अर्को गर्दै तालिबानले महिला लक्षित कडा प्रतिबन्धात्मक नियम लागू गरिरहेको छ।

इस्लामिक विद्रोही समूह तालिबानले अमेरिकी सैनिकको अन्तिम टोली बाहिरिएसँगै सत्ता कब्जामा लिएर छात्रा तथा युवतीहरूलाई विद्यालय नगई घरमै बस्न आदेश दिएको थियो।

सन् १९९० को दशकमा सत्तामा रहँदा तालिबानले महिलाहरूलाई विद्यालय जान तथा काम गर्न प्रतिबन्ध लगाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved