देउवाले भने– महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत छनोट होस्

नेपालभ्युज

देउवाले भने– महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत छनोट होस्

सुनसरी। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि छनोट सर्वसम्मतको प्रयास गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महाधिवेशन भइरहेका स्थानमा सकेसम्म हारजितको भन्दा पनि सर्वसम्मत चयनको बाटो रोज्नु उपयुक्त हुने बताएका हुन्।

उनले आफू सर्वसम्मतको पक्षमा रहेको भन्दै काँग्रेसलाई एक ढिक्का बनाएर अघि लैजानुको विकल्प नभएको बताए। देवानगञ्जमा देउवाले वीपी कोइरालाको शालिक अनावरण समेत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved