रोल्पा अस्पतालमा शुरु भयो विशेषज्ञ सेवा

एमडीजीपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा शुरु गरेसँगै अब अन्यत्र बिरामी रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको छ।

नेपालभ्युज

रोल्पा अस्पतालमा शुरु भयो विशेषज्ञ सेवा

रोल्पा। जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ चिकित्सक सेवाको शुरुआत भएको छ।

एमडीजीपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा शुरु गरेसँगै अब अन्यत्र बिरामी रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको छ।

निकसाइमन्स इन्स्टिच्युटको सहयोगमा डा. रणबहादुर बोगटीसहित अन्य तीन चिकित्सकले सेवा शुरु गरेका अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा शुरुभएसँगै अब बिरामी अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताए।

अस्पतालमा विशेषज्ञ सेवा दिन पुगेका डा. बोगटीले भने, “दुर्गम जिल्लाका बिरामीको सेवा गर्न पाएकोमा म खुशी छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved